किसान मैत्री बन्दै जियोकृषि

फाल्गुन २, २०७८  |  लक्ष्मण घिमिरे / सन्दिप देवकोटा

farming blog cover img

लक्ष्मण घिमिरे, बनेपा -२, काभ्रे (२१ वर्ष) एक कृषि प्राविधिक तथा विद्यार्थी हुन् l उनले आफ्नो ३ वर्षे कृषि शिक्षा ( डिप्लोमा ) पश्चात आफ्नै गाउँ ठाउँमा कृषि क्षेत्रमै केहि योगदान गर्ने अठोट लिएर स्थानीय स्तरमै कार्य गर्दै आएका छन् l फलस्वरूप उनले कृषकहरु माझ अन्तरक्रिया/छलफल कार्यक्रमहरु चलाउने, कृषकलाई प्राविधिक सल्लाह सुझाव प्रदान गर्ने र कृषकका समस्यालाई सम्बन्धित निकाय सम्म पुर्याउनका लागि पैरवी गर्ने जस्ता कार्य गर्दै आइरहेका छन् l

घिमिरेका अनुसार,

“ कृषि एउटा यस्तो पेशा हो जसले मानव अस्तित्वलाई गाँस, बास, कपास दिएको हुन्छ l कृषि पेशा नै हाम्रो देशको एउटा महत्वपूर्ण पक्ष हो जसले हाम्रो देशको आर्थिक सफलता, आत्मनिर्भरता र सामाजिक विकासमा अहम भूमिका निर्वाह गरेको हुन्छ l यसकारण कृषि पेशामा आधुनिक प्रविधि र पद्दति अवलम्बन गर्नु अत्यन्तै महत्वपूर्ण छ l नेपालका कृषकहरु माझ यस्ता नयाँ पद्दतिका सुचना प्रवाह गर्ने, कृषि परामर्श प्रदान गर्ने तथा कृषकका समस्याहरु हल गर्ने उद्देश्यका साथ जियोकृषि फार्म एप एउटा अभियान लिएर अघि बढेको छ l

म कृषि बाली प्राविधिक तथा विद्यार्थी पनि भएकोले कृषकका कृषि सम्बन्धि जिज्ञासा मेटाउने, सुचना जानकारी सहजै उपलब्ध गराउने यस्तै नया प्रविधिको खोजीमा थिएँ l कृषि सम्बन्धित विभिन्न एपहरु प्रयोग गर्ने क्रममा अन्य एपभन्दा यस जियोकृषि फार्म एप नै कृषकको साथी बन्नको लागि उत्कृष्ट रहेको मैले अनुभव गरे l यो एप सुरुमा प्रयोग गर्दा थोरै पृथक भएकोले आफ्नो क्षेत्रको सम्पूर्ण कृषकलाई यस एप चलाउन सिकाउने हेतुले मैले सामाजिक संजालबाट यस एप संचालक साथीहरुसंग सम्पर्क गरें l उहाँहरुबाट परामर्श, प्रेरणा तथा हौसला पाएपछि यो एप राम्रोसंग चलाउन र अन्य कृषकलाई सिकाउन तालिम लिएँ l त्यसपछि मैले मेरो गाउँका कृषक आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुलाइ यो एप चलाउन सिकाए र अहिले उहाँहरु यो एप चलाउन पोख्त हुनुहुन्छ l जियोकृषिले हाम्रो साथी बनेर कृषि व्यवसाय संचालन गर्न मद्दत गरेको कृषकहरुले बताउनु हुन्छ l


मेरा समूहका प्राय सम्पूर्ण कृषकहरुलाई मैले यसमा जोडेको छु र अन्त पनि यसलाई विस्तार गर्नका लागि कृषि सहकारी, एग्रोभेट तथा विद्यालयसंग समन्वय गरेर कार्यक्रम गरिरहेको छु l मलाई यस जियोकृषिको प्रसार गर्ने अवसर मिलेसम्म मैले यसलाई निरन्तरता दिनेछु l

अन्तिममा म के भन्न चाहन्छु भने हामीलाई सबल र समृद्ध हुनुछ भने पेशा हैन काम गर्ने तरिका परिवर्तन गर्नुपर्दछ l कृषि व्यवसायबाट धेरै भन्दा धेरै नाफा लिएर आर्थिक समृद्धी र जिवनस्तर उकास्नको लागि कृषि पेशालाई आधुनिक विधितर्फ अगाडी बढाउनु पर्छ l यसमा जियोकृषिले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ l कृषक समक्ष यस प्रविधिलाई पुर्याउनको लागि सबैले आ-आफ्नो स्तरबाट हातेमालो गरेर अगाडी बढौ l ” 

जियोकृषि एक डिजिटल कृषि परामर्श सेवा केन्द्र हो l सरलीकृत ढंगले कृषकहरुलाई सही सूचना सही समयमा र सही माध्यमबाट प्रवाह गर्नु नै हाम्रो उद्देश्य हो l जियोकृषि एप मार्फत कृषकहरुले सिधै विज्ञसंग घरमै बसेर प्राविधिक परामर्श प्राप्त गर्नुका साथै बजार र मौसम सम्बन्धि जानकारी पनि प्राप्त गर्न सक्नु हुन्छ l बाली तथा स्थान अनुसारको समयसापेक्ष जानकारी र कृषि सम्बन्धित सूचनाहरु एपमा उपलब्ध छ l

“ कृषकको साथी जियोकृषि ”


   


प्रकाशित : फाल्गुन २, २०७८